Logo

२४ फागुन,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले करिब २ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

भारतबाट बीरगन्जतर्फ ल्याउँदै गरेको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले भन्सार छलीका किराना सामान, कपडा, हार्डवेयर र मोटरपार्टस बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता संगम श्रेष्ठले जनाए ।

उनका अनुसार सिमा सुरक्षा गुल्म भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साइकलमा लोड गरिरहेको ल्याइरहेको अवस्थामा बरामद गरिएको हो ।

१ लाख ८३ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार