Logo

२५ फागुन,वीरगञ्ज । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगञ्जमा ४ जना महिला सम्मानित भएका छन् । दिवसको अवसरमा एम्नेष्टी समूह १६ ले वीरगञ्जको नारायणी अस्पतालका ३ जना चिकित्सक र एक जना बरिष्ठ नर्सलाई सम्मानित गरेको हो ।

नारायणी अस्पतालमा कार्यरत बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादव, डा. प्रीती यादव र अस्मिता उपाध्याय एवं पुर्व नर्सिङ प्रमुख हेमा थापा सम्मानित भएका हुन् । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष प्रकाश बाहेतीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नुभयो ।

अध्यक्ष बाहेतीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सन्नी पाख्रिनले गरेका थिए । यस्तै दिवसकै अवसरमा नारायणी अस्पतालका बिरामीहरुलाई फलफूल र जुस पनि वितरण गरिएको छ ।

कार्यक्रममा कोषाध्यक्ष कमलेश अग्रवाल, कार्यकारिणी सदस्यहरु बिजय गुप्ता, सुनिल महतो लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार