Logo

२५ फागुन,वीरगञ्ज ।पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक जीराभवानी मेला आजदेखि धुमधामका साथ सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर आजदेखि सुरु भएको मेलामा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पुजापाठका लागि श्रद्धालु भक्तजनहरु आइपुगेका छन् । दश दिनसम्म लाग्ने यो मेलामा ग्रामीण भेगका किसानले विशेष रुपमा पूजा गरेका छन् । उनीहरु बिहानदेखि निराहर व्रत बसी विभिन्न प्रसाद बनाएर भगवान शिवको कथा वाचन गरी पूजा गरेका हुन् ।

मन्दिरमा पूजा तथा जल चढाउन आउने दर्शनार्थीको भिँड बाक्लो थियो । मेला समितिबाट खटिएका सामाजिक अभियान्ता तथा जनपद र सशस्त्र प्रहरीले श्रद्धालु भक्तजनहरुको सुरक्षा व्यवस्था कडा पारेका छन् ।

मेलामा पर्सा, बारा, मकवानपुर,चितवन तथा छिमेकी राज्य भारतको बिहार र यूपी राज्यबाट समेत भक्तजनहरु आइपुगेका छन् ।


सम्बन्धित समाचार