Logo

९ वैशाख, काठमाडौं । नयाँ ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न स्थापना भएको संस्था नेक्सजेनले युवा आविष्कारकहरूको भेला सम्पन्न गरेको छ । नेक्सजेन म्यानेजमेन्टले शनिबार नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार युथ इनोभेटर्स मिट सम्पन्न गरेको हो ।

कर्यक्रममा सहभागिहरूको स्वागत गर्दैै नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले देशमा कामको प्रशस्त अवसर भएरपनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । युवा उद्यमीहरुका लागि यस्ता कार्यक्रम काठमाण्डौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताउनुभयो ।

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकूल अवस्थामा नेक्सजेन म्यानेजमेन्टको कामको प्रशंसा गर्नुभयो । उहाँले स्टार्ट अप ब्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप ब्यवशाय गर्न चाहनेलाई वित्तिय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढी देश नबन्ने बताउनुभयो । युवाहरूले नयाँ नयाँ कामको संभावना खोजी गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास ब्यक्त गर्नुभयो ।

योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै उहाँले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने भएकोले संभावना भएका र कर्जा तिर्न सक्ने क्षमता भएका उद्योग व्यावसायमा मात्र लगानी गर्न सकिने जानकारी गराउनुभयो ।

स्टार्ट अप ब्यवसाय अधिकांश सफल नहुने भएकोले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास ब्यक्त गर्नुभयो । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रमको अन्त्यमा नेक्सजेनका संचालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद ब्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न नसक्ने भन्दै संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गर्नुभयो । स्टार्ट अप ब्यवसायी, बिभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विध्यार्थी र नयाँ काम गर्न चाहने युवाहरू समेत गरि ७० जना भन्दा बढीको सहभागिता नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले बताउनुभयो ।


सम्बन्धित समाचार