Logo

१२ वैशाख, वीरगंज। मधेश प्रदेशमा आपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमा विभिन्न प्रकारका आपराधिक घटनामा वृद्धि भएको हो ।

प्रदेशमा खासगरी हत्या, अपहरण, लुटपाट, आत्महत्या जस्ता जघन्य प्रवृत्तिका घटनासहितका गतिविधिहरुमा बढोत्तरी भएको हो । फरकफरक जिल्लाहरुमा एक हप्ताभित्रै यस्ता झण्डै आधा दर्जन घटना घटिसकेका प्रहरीको अभिलेख छ ।

केहि उदाहरणहरु:-

उदाहरण– १ : शव बरामद

यो एक हप्ताभर सबैभन्दा बढी अपराध प्रदेशको राजधानीमै भएको छ । प्रदेश राजधानी धनुषाको जनकपुरमा मंगलबार एकैदिन ५ जनाको शब भेटियो । जसमध्ये ४ जनाको शब शंकास्पद थियो भने एकजनाको मोटसाइकल दुर्घटनाका कारण ज्यान गयो ।

मंगलबार बिहान करिब ४ बजेको समयमा इन्युज ब्युरोका कार्यकारी सम्पादक धनुषा–५ का २८ वर्षका विनयकुमार यादवको निधन भएको थियो । जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका वडा नम्बर ६ को जनकपुर ढल्केवर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किदा उनको मृत्यु भयो ।

तर उक्त दुर्घटनासमेत शंकास्पद नै रहेको र घटनाको दुर्घटना नभइ हत्याको आशंकामा प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी ४ जनाको मृत्युमा ३ जनाले आत्महत्या गरेको प्रहरीले बताएको छ भने १ नवजात शिशुलाई हत्यापछि फालिएको अवस्थामा शव बरामद गरेको थियो ।

पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परे । धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादवको शव झुण्डिएको अवस्थामा प्रहरीले भेटाएको थियो । यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यस्तै यो घटनाको करिब ७-८ घण्टा पहिले प्रहरीले एकैचोटी १ नवजात शिशुसहित ३ जनाको शब फेला पा¥यो । दुइजनाको शब गेष्ट हाउसमा झुण्डिएको अवस्थामामा शब भेटिएको थियो । नवजात शिशुलाई भने हत्यापछि फालिएको अवस्थामा शब भेटियो ।

जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसबाट महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ निवासी हितेन्द्र पासवान र महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ खट्टाकी प्रियंका कापरको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।

यो घटनाको लगातार जनकपुरकै रामानन्दचोकमा नवजात शिशुको शव फेला प¥यो । तर यो घटनामा पनि माथिका अन्य घटनाजस्तै शंकास्पद बनेको छ ।

उदाहरण– २ : अपहरणकारी पक्राउ

हत्यामात्र होइन, धनुषाकै मिथिला नगरपालिका ६ बाट एक इन्स्योरेन्स कम्पनीमा काम गर्ने एक कर्मचारी अपहरणमा परे । उदयपुर जिल्लाको कटारी नगरपालिका घर भएका लालबहादुर थापा अपहरणमा परेका थिए ।

लेनदेनको विषयमा ५ जनाको समुहले उनलाई अपहरण गरेको प्रहरी बताउँछ । धनुषाबाट अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा राती साढे ७ बजे सप्तरी जिल्लाबाट ५ जानै अपहरणकारीलाई पक्राउ ग¥यो भने अपहरित थापालाई प्रहरीले उद्धार ग¥यो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरीको सप्तकोशीका जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा र सिरहाका शंकर लामा तथा अरुण कुमार लामालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान चलाइरहेको प्रहरीले जनाएको छ ।

उदाहरण–३ : प्रहरीकै हतियार गायब

धनुषामा शंकास्पद मृत्युका घटना छ्याप्छ्याप्ती सुनिरहेकै समयमा सोही दिन बारामा भने सईले बोकेको स्वचालित हतियार हराएको घटना बाहिरियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जका सई पुर्ण विसीले बोकेको हतियार गायब भयो भन्ने समाचार आयो ।

लागुऔषध गाँजाको तस्करी रोक्न निस्केको प्रहरी टोलीका कमाण्डरको हतियार हराएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । यो घटना जति सहज भनियो, त्यति नै शंकास्पद देखिएको छ । तर प्रहरीले भने हतियार गस्तीका क्रममा हराएको नै दाबी गरिरहेको छ, जुन कारणले यो घटना झनै रहस्यमय बनेको छ ।

उदाहरण–४ : पर्सामा पनि भेटियो शव

मंगलबार नै पर्साको वीरगञ्जमा पनि एकजना पुरुषको शव बेवारिसे अवस्थामा भेटियो । बीरगन्जको चिनीमिलस्थितको नालामा एकजना पुरुषको शव फेला परेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमारविक्रम थापाले पुष्टि गरे ।

फेला परेको शवको पहिचान हुन नसकेकोले मृत्युबारे सुराक अहिलेसम्म पर्सा प्रहरीले फेला पार्न नसकेको पर्सा प्रहरी बताउँछ ।

उदाहरण– ५ : महिलाको शव फेला

यहि बैशाख ६ गते प्रदेश राजधानी जनकपुरधाम–१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको एक खेतमा जलिरहेको अवस्थामा महिलाको शव फेला प¥यो । खेतमा शव जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गराएका थिए । जानकारी पाएललगत्तै पुगेको प्रहरी टोलीले महिलाको शव पुरै जलिसकेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला पा¥यो ।

जलिरहेकी महिलाको शवको छेउमा प्रहरीले घाइते अवस्थामा एक ८ महिने शिशुको उद्दार ग¥यो । शिशुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा निधन ज्यान गयो ।

जल्नेमा महोत्तरी मनरा शिसवा नगरपालिका–२ की अन्दाजी २३ वर्षीया प्रियंका महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले पुष्टि गरे । तर घटनाबारे अझसम्म प्रहरीले यथेष्ट सबुतप्रमाण भने फेला पार्न नसकेको जनाइएको छ ।
यस विषयमा प्रहरीको कुनै दोष नरहेको मधेश प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले प्रतिक्रिया दिए । उनका अनुसार समाजमा आपराधिक घटना हुन्छन्, तर त्यसको अर्थ प्रहरी असफल भएको भने होइन । तर त्यसको बाबजुद पनि यस्ता घटना रोक्न प्रहरी सक्रियता बढाइने छ,’ उनले भने ।


सम्बन्धित समाचार