Logo

१३ वैशाख,काठमाडौं । उपनिर्वाचनका लागि सेना परिचान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले त्यस सम्बन्धी विज्ञप्ति प्रकाशित गरेकी छिन्।

वैशाख १० को राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिस, त्यसै आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रको आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।

वैशाख १५ मा प्रतिनिधि सभा तथा प्रदेश सभाका एकएक स्थानका लागि उपनिर्वाचन हुँदैछ।

 


सम्बन्धित समाचार