२३ वैशाख,वीरगञ्ज । अत्यधिक गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि खानेपानीको अभाव शुरु भएको छ ।
वीरगन्ज लगायत पर्सा, बारा लगायत तराईका अन्य भुभागमा पानीको मुहान सुक्न थालेकोले चापाकलबाट पानी आउन छोडेको छ ।
पानी आएपनि थोरै आउने, १५ देखी ३० मिनेटसम्म एउटा पानीको बाल्टीन भर्ने गरेको वीरगन्जवासीले बताएका छन् । बाराको उत्तरी र दक्षिणी भेगका मानवबस्तीमा पानीको समस्या झनै विकराल रूपमा देखा परेको छ ।
वनजङ्गल विनाशले समयमा वर्षा नहुने, चुरे फेद, खोलाबगर आसपासमा क्रसर उद्योगले नदीजन्य पदार्थको अत्यधिक उत्खननले पानीको मूल, मुहान सुके विज्ञले बताएका छन् ।














