Logo

३१, जेठ काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएकोछ ।

इलाम २ बाट निर्वाचत भएका सांसद नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गर्नुभयो ।

इलामको सूर्योदय नगरपालिका क्षेत्रका ५३ चिया उद्योगले भोलिदेखि कारखाना बन्द गर्ने निर्णयप्रति उहाँले चिन्ता व्यक्तगर्नुभयो । रतको गुणस्तर परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली चिया राष्ट्रिय अर्थतन्त्र र निर्यातसँग जोडिएको विषय उल्लेख गर्दै सांसद नेम्वाङले सरकारसँग ५ बुँदे माग समेत राख्नुभएको छ ।

जसमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित दूतावासमार्फत तत्काल रोकिएको चिया निकासी खुलाउन पहल गर्नुपर्ने, भारतीय गोदाममा रोकिएका चिया प्राथमिकतासाथ परीक्षण गरी तत्काल बिक्री अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, नेपालका प्रयोगशालाको प्रमाणपत्रलाई भारतले स्वीकार गर्ने गरी ‘पारस्परिक मान्यता’ कायम गर्नुपर्ने छ ।

प्रभावित उद्योग र किसानका लागि सहुलियतपूर्ण चालु पुँजी, ब्याज राहत र भण्डारण सुविधा सुनिश्चित गर्न, पूर्वी नेपालमा अन्तर्राष्ट्रिय स्तरको चिया परीक्षण प्रयोगशाला स्थापनासँगै चीन, युरोप तथा पाकिस्तान जस्ता वैकल्पिक बजार विस्तार गर्न पनि उहाँको माग छ ।


सम्बन्धित समाचार