Logo

२४ वैशाख,जनकपुर ।धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवाले बताए ।

सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको बताउदै अहिले घटनाको विषयमा अनुसन्धानमा जुटेको जनाए । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा पेस्तोल देखाएर लुटपाट भएको बताएका छन् ।

महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताए ।


सम्बन्धित समाचार