Logo

९ जेठ,धनुषा । नागरिक समाज धनुषा सहितकाले कैलाश सिरोहियालाई पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य संघ र नेविसंघका कार्यकर्ता धनुषा अदालत अगाडि प्रदर्शन गरेका हुन । नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसंग विवाद भएको छ ।

सिरोहिया समर्थनमा नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सीसमेत भएको हो । नेविसंघ कार्यकर्ताहरुले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार