२३ असार, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगर पालिका भेला भब्यरुपमा सम्पन्न भएको छ ।
भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्य कमिटी समेत निर्बिरोध चयन गरेको हो । शनिबार पोखरिया पार्टी प्यालेसमा आयोजित रास्वपाको पोखरिया प्रथम भेलाले सभापतिमा प्रदिप पटेल ,उपसभापतिमा बैजनाथ ठाकुर, सचिबमा खलिल मिया तेलि कोषाध्यक्षमा प्रतिमा देबि धोबिन र सदस्यहरुमा विशेश्वर प्रसाद यादब , राम प्रबेश पटेल ,सुरज कुर्मी, फुलमती देबि, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार बनु शाह गोड लाई चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सम्योजक हरि पन्तको सभापतित्वमा सप्पन्न उक्त भेलामा सभापतिको आशनबाट बोल्दै पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरि अघि बढ्न निर्बाचित पालिका पदाधिकारीहरु लाई निर्देशन दिए । उनले अरु पार्टी हरुलाइ पटक पटक हेरि सकेकोले अब स्थानीय स्तरमा रास्वपा लाई नै जिताउन त्यहाँका स्थानिय हरुलाइ आग्रह गरे ।
त्यसै गरि प्रमुख अतिथिको आशन बाट बोल्दै केन्द्रिय सदस्य डा नन्दन यादबले आफ्नु पार्टी सभापति लाई विपक्षी हरुले निराधार आरोप हरु लगाएर अनावश्यक हिलो छ्याप्ने काम मात्र गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन बिभाग उप प्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त प्रथम भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरेका थिए भने निबर्तमान संयोजक दिलिप कुर्मी , उप संयोजक तुल्सा पौडेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य सुदिस प्रजापती , सब्बु कणेल , क्षेत्रीय सभापति हरु फैयाज मिया , जितेन्द्र मिश्र यातायात बिभाग प्रमुख राम आर्य शिक्षा बिभाग उप प्रमुख सोना लाल पटेल वाडा सभापती माइकल साप्कोटा मुना साह , कासिम मियालागायतको सहभागीता थियो ।