Logo

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि आज विमानस्थल बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उद्धारको काम नसकिएसम्म विमानस्थल सबै काम रोकिएको हो । विमानस्थल बन्द भएपछि दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।


सम्बन्धित समाचार