Logo

९ साउन, वीरगञ्ज। ४२ औं वीपी स्मृति दिवसको अवसरमा वीरगञ्जमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस वडा नम्बर २७ र २८ को वडा कार्य समितिले दुई छुट्टाछुट्टै स्थानमा वृक्षारोपण गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ र वडा नम्बर २८ मा झण्डै एकसय वटा बिरुवा रोपिएको प्रदेश सभा सदस्य श्याम पटेलका स्वकीय सचिव सरिफ मिँयाले बताए । उनका अनुसार एक कार्यक्रमको आयोजना गरी विभिन्न १५ प्रकारका विरुवाहरु रोपिएको हो ।

कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, रामरुप कुर्मी, प्रेमचन्द्र कुशवाहा, नेपाली कांग्रेस वडा नम्बर २७ का वडा सभापति राजदेव यादव, वडा नम्बर २८ का वडा सभापति जोगिन्द्र महतो, साना किसानका अध्यक्ष बिरेन्द्र कर्ण लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार