Logo

१४ साउन,वीरगञ्ज । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो ।

यसअघि सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो ।


सम्बन्धित समाचार