Logo

५ भदौ, वीरगञ्ज । विश्वका धेरै देशहरूमा एमपॉक्स भाइरसका केसहरू तीव्र गतिमा बढिरहेका छन्।

एमपॉक्सको सङ्क्रमण अफ्रिकी देशहरूमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

यसैबीच भारतको सीरम इन्स्टिच्युटले एमपोक्सको खोपमा काम गरिरहेको बताएको छ । सिरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले भने, ‘एमपोक्सको प्रकोपका कारण घोषित विश्वव्यापी स्वास्थ्य आपतकाललाई ध्यानमा राख्दै हामी लाखौं मानिसहरूलाई मद्दत गर्न भ्याक्सिनको विकासमा काम गरिरहेका छौं। आशा छ, एक वर्ष भित्र हामीसँग यससँग सम्बन्धित राम्रो समाचार हुनेछ।

सिरम इन्स्टिच्युटले नै कोरोनाको खोप विकास गरेको हो ।

यो पनि पढ़नुहोला : एमपॉक्स भनेको के हो, कसरी फैलिन्छ र उपचार के हो?


सम्बन्धित समाचार