Logo

७ भदौ, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा बजरंगबली हनुमानजीको ९० फिट अग्लो भव्य मूर्ति स्थापना गरिएको छ । अमेरिकाभर यसलाई सकारात्मक पहलका रूपमा पनि हेरिएको छ। यो मूर्ति अमेरिकामा स्थापित सबैभन्दा अग्लो धार्मिक मूर्तिहरू मध्ये एक भएको छ। स्ट्याच्यु अफ लिबर्टी र पेगासस ड्र्यागनका मूर्तिहरू मात्र यसभन्दा अग्लो छन्, जसलाई अमेरिकी इतिहास र संस्कृतिको प्रतीक मानिन्छ।

मूर्ति निर्माण प्रक्रियामा धेरै महिना लाग्यो र यसमा ठूलो संख्यामा कार्यकर्ता र विज्ञहरूको कडा परिश्रम समावेश छ । हनुमानको मूर्तिलाई ‘स्ट्याचु अफ युनियन’ नाम दिइएको छ ।

जानकारी अनुसार टेक्सासको सुगर ल्यान्डस्थित श्री अष्टलक्ष्मी मन्दिरमा बजरंगबलीको विशाल मूर्ति अभिषेक गरिएको छ ।

 


सम्बन्धित समाचार