Logo

१० असोज,कोसी। कोसी ब्यारेजबाट सप्तकोसीमा खसेको यात्रुवाहक बसमा सवार सबै यात्रुको उद्धार गरिएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार, बसका चालक, सहचालक र यात्रुहरूसहित १७ जना सवार थिए।

घाइते १७ जनामध्ये १२ जनाको कोसी हेल्थ केयर अस्पताल, सुनसरी, ४ जनाको भारदह अस्पतालमा उपचार भइरहेको उनले बताए।

चालक भने इलाका प्रहरी कार्यालय, भारदहको नियन्त्रणमा छन्। सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय चन्दन कुमार मेहताले बस चलाएका थिए।


सम्बन्धित समाचार