Logo

२५ मंसिर,वीरगञ्ज । रास्वपाका सभापति रबि लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ । सहकारी ठगी प्रकरणमा नभई राजनीतिक प्रतिसोधले रबिलाई फसाईएको भन्दै उनीहरुले रिहाईको माग सहित प्रदर्शन गरेका छन् ।

वीरगञ्जको क्लासिक बंक्वेटबाट निकालिएको र्‍याली सहितको जुलुशमा रबि लामिछानेलाई रिहाई गर, राजनीतिक प्रतिसोध साध्न पाईदैन लगायतका नारा लगाउदै उनीहरुले नगर परिक्रमा गरेका छन् ।

रबि लामिछानेलाई वीरगन्ज ल्याईएपछि वीरगन्जको सुरक्षा व्यावस्थालाई कडा पारिएको छ । चोक चोकमा प्रहरीलाई तैनाथ गरिएको छ । लामिछानेका समर्थकहरुले नारा जुलुश निकाल्ने आंकलन गरेर सुरक्षा व्यावस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार