Logo

२५ मंसिर,वीरगञ्ज । सहकारी ठगी मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा लामिछानेको आज बिहानबाट भएको बयान सकिएको हो । लामिछानेको बयान आज सकिएपनि आज पर्सामा मै राखिने छ ।

उनलाई भोली मात्रै काठमाडौ हुदै पोखरा पठाईने पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । सहकारी ठगी मुद्दामै वीरगञ्ज ल्याईएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सकिएर पठाई सकिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकार प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार जोशी र खनाललाई आजै जहाजको सिमरा–काठमाडौं उडानबाट काठमाडौ हुँदै पोखरा पठाईएको छ । रविको बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी छ ।

वीरगञ्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।


सम्बन्धित समाचार