Logo

६ चैत,काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने आफ्नो विवादास्पद अभिव्यक्तिप्रति संसदमा क्षमायाचना गरेका छन्।

तीन दिनअघि संसदको विशेष समयमा घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने धारणा राखेका थिए। उनको उक्त अभिव्यक्तिले संसदभित्र र बाहिर व्यापक आलोचना भएको थियो। उनको पार्टी नेपाली कांग्रेसले पनि उनको आलोचना गरेको थियो।

आजको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले आफ्नो अभिव्यक्ति व्यक्तिगत भएको स्पष्टीकरण दिएका छन्। उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन। यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु।’


सम्बन्धित समाचार