Logo

१२ चैत,काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ।

मेयर शाहले हालै एक कार्यक्रममा महानगरपालिकाका कर्मचारीले एक हप्ताभित्र तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले विज्ञप्ति जारी गरी मेयर शाहलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौँ।’

युवा संघका अध्यक्ष दिपेश सुधाकारले जारी गरेको विज्ञप्तिमा मेयर शाहलाई आफ्नो पदीय मर्यादा कायम राख्न र गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिइएको छ।


सम्बन्धित समाचार