Logo

४ वैशाख, वीरगञ्ज । वीरगञ्ज जेसिजले बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

वीरगञ्ज जेसिजको सप्ताहव्यापी कार्यक्रम २०२५ अन्तर्गत वीरगञ्ज जेसिजको सचिवालय अगाडि आयोजित शिविरमा सहभागी १७५ जनाको रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो ।

शिविरमा एभरग्रिन नर्सिङ कलेज र नेपाल फर्मास्युटिकल्स एशोसियनले प्राविधिक सहयोग गरेका थिए ।

वीरगञ्ज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएको शिविरमा वीरगञ्ज जेसिजका पूर्व अध्यक्षहरू मधु राणा, उषा शाह, सन्तोष खनाल, निशान्त लामिछाने, गणेशमान श्रेष्ठ र डा. अरविन्द श्रेष्ठलगायतको उपस्थिति थियो ।

अध्यक्ष चौरसियाका अनुसार वीरगञ्ज जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसअघि स्थानीय कलाकारहरूलाई सम्मान गर्नुका साथै वीरगन्ज पब्लिक कलेजका ४० जना विद्यार्थीलाई जेसिज अभियान सम्बन्धी उत्प्रेरणा तालिम पनि प्रदान गरेको थियो ।


सम्बन्धित समाचार