Logo

८ बैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मनवामा बेवारिसे अवस्थामा रहेको २० क्युफिट काठ बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी मनवाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नम्बर १, मनवा टोलस्थित कुलोको छेउमा बेवारिसे अवस्थामा रहेको करिब २० क्युबिक फिट सालको गोलिया बरामद गरेको छ।

दुई थान गोलियाको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गोलिया आवश्यक कारबाहीका लागि मनवा रेन्ज पोस्ट वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


सम्बन्धित समाचार