Logo

११ बैशाख, काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द गर्ने तयारी थालेको छ। एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागको सिफारिसमा संघीय खर्च कटौतीको उद्देश्यले परियोजना बन्द गर्न लागिएको हो।

सीएनएनका अनुसार विभागले कर्मचारीलाई इमेल पठाउँदै आगामी मे ५ देखि सबै कर्मचारी पदमुक्त हुने सम्भावना रहेको जनाएको छ। प्रमुख कार्यकारी अधिकृत बाहेक सबैलाई अवकास दिने तयारी छ।

सन् २००४ मा अमेरिकी कांग्रेसद्वारा स्थापित एमसीसीले नेपालसहित ४ दर्जनभन्दा बढी विकासशील देशमा अनुदानमार्फत आर्थिक विकासका परियोजना सञ्चालन गर्दै आएको थियो। नेपाललाई एमसीसीमार्फत् ५० करोड डलरको अनुदान उपलब्ध गराउने सम्झौता भएको छ।

एमसीसी बन्द भएमा नेपालमा एमसीए नेपाल अन्तर्गत भइरहेको विद्युत प्रसारण लाइन र सडक निर्माणजस्ता महत्वपूर्ण पूर्वाधार योजनामा प्रत्यक्ष असर पर्ने देखिएको छ।


सम्बन्धित समाचार