१४ असार काठमाडौँ ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति कांग्रेसले संसद्मा प्रश्न उठाएको छन्।
प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको भर्खरै सम्पन्न महाधिवेशनमा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका रहेको तथ्यप्रति साभामुखको ध्यानाकरर्षण गराएकी हुन्।
उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यमा प्रयोग गर्न नपाइने संवैधानिक र कानुनी व्यवस्थाको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । आजको संसद् बैठक सुरु हुनासाथ राप्रपाका ज्ञानेन्द्र शाही बाहेक विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका हुन्।

















