Logo

१४ असार, काठकाडौँ ।संसद् बैठकमा आज विपक्षी दलहरूले आक्रामक रूपमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी बेन्चमा रहेका दलहरूले एकगठ भई आफ्नो स्थानबाट उठेर संसद् अवरोधको प्रयास गरेका हुन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने घोषणा गर्नासाथ विपक्षी दलहरू मोर्चाबन्दी गर्दै उठेर उभिएका थिए ।
संसद्‌मा यसरी उठेर विरोध जनाउनेहरूमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू रहेका छन् ।

विपक्षीको यो चौतर्फी विरोध र नाराबाजीका बीच स्थिति सम्हाल्दै सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई आफ्नो धारणा राख्न विशेष समय उपलब्ध गराउनुभएको छ।
अहिले सांसद काउचाले संसद्‌मा बोल्ने क्रम जारी छ भने विपक्षीहरूको विरोधले सदनको वातावरण निकै गर्माएको छ।


सम्बन्धित समाचार