Logo

११ वैशाख,बाँके । नेपालगञ्जस्थित भेरी अस्पतातमा मृगौला प्रत्यारोपण सेवा शुुरु भएको छ । स्वास्थ्य सेवा विभाग र अंग प्रत्यारोपन समितिले अंग प्रत्यारोपन गर्न दिने सहमति दिएसँगै अस्पतालले मंगलबार टुईजनामा मृगौला प्रत्यारोपण गरेर सेवा सञ्चालनमा ल्याईएको हो ।

सीमित नर्सिङ्ग स्टाफको जनशक्तिबाट पहिलो पटक मृगौला प्रत्यारोपन गर्न सफल भएको अस्पतालले जनाएको छ । सुरुमा पहिनामा एक जनाको प्रत्यारोपण गर्ने र दक्ष जनशक्तिको व्यवस्थापन गर्दै संख्या बढाउँदै जाने अस्पतालको योजना छ ।

अस्पतालमा विशिष्टिकृत सेवा अन्तर्गत न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी, मृगौला डाइलाइसिस , कार्डियोलोजीष्टको क्याथल्याव यसअघि नै थियो । मृगौला प्रत्यारोपण सेवा समेत थप भएपनि लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विरामी लाभान्वित हुने भएका छन ।

सबै खर्च अस्पतालले व्यवस्थापन गर्ने पहिलो पटक अस्पतालमा उनान्चालिस बर्ष र तैतिस बर्षका दुईजनामा मृगौला प्रत्यारोपण गरिएको हो । दुवै जनालाई चालिस वर्ष र छब्बिस बर्षका आफ्नै श्रीमतीले मृगौला दिएका हुन ।

 


सम्बन्धित समाचार