Logo

फाईल फोटो

१२ बैशाख, काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।  नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरुलाई आह्वान गरेको छ ।

आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफूहरुले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको जनाएका छन् ।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन्। त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न संघले निर्देशन दिएको छ ।


सम्बन्धित समाचार