
२०३८ सालमा नेपाल बैकंमा अधिकृत पदमा प्रबेश गरि १३ बर्ष विभिन्न शाखामा प्रमुख र क्षेत्रिय कार्यलयमा कर्जा, कानुन र रिकभरि प्रमुख भैसकेका, १६ बर्ष महालक्ष्मी फाईनान्स र बिकास बैकंमा कार्यकारि प्रमुख रहि सकेका तथा एक बर्ष देखि सम्पति ब्यवस्थापन बिशेषतः रिकभरि एडभाईजरको काम गरिरहेका नेक्सजेन म्यानेजमेन्टका प्रबन्ध संचालक रमेश कुमार भट्टराई संग निष्कृय कर्जाको सेरोफेरोमा गरिएको कुराकानीको साराश
बैकं बित्तिय संस्थाहरुको निष्कृय कर्जा २०८१ चैत्रमा ह्वात्तै बढ्यो नि ?
बैकं बित्तिय संस्थाको तेश्रो त्रैमासको प्रकाशित बित्तिय बिबरण अनुसार निष्कृय कर्जा बढेको छ । बाणिज्य बैकंहरू तर्फ ७ वटाको ५ प्रतिशत माथि, ८ वटाको ४ देखि ५ प्रतिशत सम्म र बाकि ५ वटाको ४ प्रतिशत तल निष्कृय कर्जा रहेको छ । बिकास बैकं तर्फ राष्ट्रिय स्तरको ८ वटा मध्ये १ वटाको ५ प्रतिशत माथि र बाकि ७ वटाको ५ प्रतिशत भन्दा कम छ । त्यसै गरि फाईनान्स कंपनि तर्फ ७ वटाको १० प्रतिशत माथि, ५ वटाको ५ प्रतिशत माथि र ३ वटाको ५ प्रतिशत भित्रै रहेको देखिन्छ ।
निष्कृय कर्जा त सबैको बढेकै देखिन्छ । तर यो तथ्याकंलाई कतिको वास्तविक हो भन्न सकिन्छ ?
२०८१ पौष मसान्त सम्म निष्कृय कर्जा ५ प्रतिशत माथि भएमा शिघ्र सुधारात्मक कार्यवाहिको ब्यवस्था थियो । यसबाट वचन प्रायस् सबै बैकं बित्तिय संस्थाले थोरै धेरै कर्जा एभरग्रिनिगं गरेर तथा एकाउन्टमा खेलेर निष्कृय कर्जा कम देखाएकै हुन । अहिले ५ प्रतिशतको त्यो सिमा हटेको छ । बैकंहरुको कारोबार पारदर्शि भएकोले र राष्ट्र बैकं मातहत भएकोले नेपाली जनताको बिश्वास यी संस्था माथि धेरै नै छ । त्यो बिश्वास कायम राख्न कै लागि पनि बैकं बित्तिय संस्थाले ५ प्रतिशतको सिमा हटेतापनि निष्कृय कर्जाको वास्तबिकता एकै पटक बढि देखाएनन । बिकास बैकंहरुले निष्कृय कर्जा पुरै लुकाएका छन । संकटको बेला पनि एउटा बाहेक सबैको ५ प्रतिशत भन्दा कम हुनु पुरै अस्वभाबिक देखिन्छ। फाईनान्स कंपनिको त बढिमा ४४ प्रतिशत सम्म पुगिसकेको छ । केही भन्नै परेन ।
निष्कृय कर्जाको ग्राफ निरन्तर उकालो लागिरहेको छ । के बैकं बित्तिय संस्थाको अवस्था डरलाग्दो नै भैसकेको हो त ?
निष्कृय कर्जा बढदैमा आत्तिहाल्नु पर्ने अवस्था हैन । निष्कृय कर्जा सबै खराबै कर्जा पनि हैनन । बिगतमा बिदेशि ब्यवस्थापनले नेपाल बैकं जिम्मा लिदा निष्कृय कर्जा ५० प्रतिशत भन्दा माथि थियो । तर क्रमशः सुधार हुँदै गई नेपाल बैकं आजको बलियो अवस्थामा रहेको उदाहरण हाम्रै सामु छ । त्यसैले निष्कृय कर्जा बढि हुनु आफैमा ठूलो समस्या हैन । कर्जा असुलि नहुनु र धितो सुरक्षण बिक्रि नहुदा चिन्ता बढेको चाहिँ पक्कै हो ।
निष्कृय कर्जा असुलिमा नेपाल बैकंको त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा अन्तर चाहिँ के छ ? बैकंरहरु यति सारो किन आत्तिएका हुन त ?
बिदेशि ब्यवस्थापनले नेपाल बैक लिदाको अवस्था अलि भिन्न थियो । ऋण लिए पछि तिर्नु पर्छ भन्ने सोच थियो । लिएको धितो सुरक्षणको मूल्य अत्यधिक बढेको अवस्था थियो । बैकं बित्तिय संस्थामा संचालक र साहुजीहरुको हस्तक्षेप थिएन । समाजमा डर र अनुशासन आजको भन्दा राम्रो थियो । त्यसैले कर्जा असुलि भयो र राखेको प्रोभिजनले नाफा बढाउदै नेपाल बैकंलाई राम्रो बनायो।
तर अहिले स्थिति ठिक बिपरित छ । अस्वभाबिक मूल्य बढेको बेला लिएको धितो सुरक्षणको मोल पुरै घटेको छ, लिलाम बिक्रि भैरहेको छैन । आर्थिक मन्दिले उधोग ब्यवसाय कि त चलेको छैन कि कम क्षमतामा चलेको छ । राजनैतिक लोकप्रियताको लागि ऋणिलाई भडकाउदा समाजमा डर, त्रास र अनुशासन धेरै कम भएको छ । ऋण लिए पछि तिर्नु पर्छ भन्ने सोच नै हराउदै गएकोले पनि बैकंरहरु धेरै नै आत्तिएको देखिन्छ ।
निष्कृय कर्जा बढनुमा तपाईले भने जस्तो बाह्य परिस्थिति मात्र जिम्मेवार हो कि बैकं बित्तिय संस्था पनि दोषि हुन ?
परिस्थिति जति नै प्रतिकुल भए पनि तपाईं ठिक भएमा, तपाईको नीति राम्रो भएमा र तपाईको टिम सक्षम छ भने नकारात्मकताको असर कम हुने हो । अस्थिर सरकारको असहयोग, केन्द्रीय बैकंको परिवर्तित र असान्दर्भिक मौद्रिक नीति, सहकारिको समस्या र आर्थिक मन्दिको बावजुद बैकंरहरु मुनाफा देखाउन महत्वाकान्क्षि नभईदिएको भए र सहि तरिकाले कर्जा प्रवाह गरेको भए यो अवस्था कम हुने चाहिँ पक्कै थियो । सबै बैकं बित्तिय संस्था अहिले आत्तिएको बेला पनि हामी कहाँको स्टैन्डर्ड चार्टर्ड बैकं र एभरेष्ट बैकंको अवस्था धेरै राम्रो पनि देखिएको छ नि ।
अनि निष्कृय कर्जा निरन्तर बढनमा नेपाली ब्यवस्थापनका बैकं बित्तिय संस्थाको कमजोरी चाहिँ कहाँ भयो त ?
बैकं बित्त कंम्पनि सामाजिक संस्था हैनन, मुनाफा कमाउन खोलिएका हुन । तर सधै नाफामुखि मात्र हुनु पनि भएन । बैकंलाई यस्तै संकटको बेलाको लागि रिजर्ब बढाएर बलियो बनाउनु पर्ने थियो । केन्द्रीय बैकंले सरकारको दबावमा नीति नियम खुकुलो बनाए तापनि हामीले जथाभाबि कर्जा नदिएको भए, कर्जा दिदा पनि ऋणिको ब्यवस्थापकिय क्षमता, ब्यवसायको संभावना, बैकल्पिक सुरक्षण र आम्दानिको श्रोत हेरिदिएको भए, डिफल्ट हुदा यथेष्ट प्रोभिजन राखिदिएको भए, केन्द्रिय बैकंले निर्देशन दिए पनि ब्यवसाय नचलेको र क्षमता नहुनेको कर्जा पुनर्सरंचना नगरेको भए र समयमा एक्जिट प्लान गरेको भए अहिलेको चिन्ताजनक निष्कृय कर्जाको अवस्थामा पुग्ने थिएनन होला ।
निष्कृय कर्जाको ग्राफ २०८२ आषाढमा पनि उकालो लाग्ने नै देखिन्छ । तर पनि सक्दो न्युनिकरण गर्न तत्काल के के गर्न सकिन्छ ?
निष्कृय कर्जा ब्यवस्थापनको लागि अन्य मुलुकमा भए जस्तो सम्पति ब्यवस्थापन कम्पनि तत्काल आईहाल्ने अवस्था छैन । नभएको चिजको पछि लाग्नु भन्दा आफैले सकेको प्रयास वा उपलब्ध अवसरको उपयोग गर्नु बुद्धिमानि हुन्छ । त्यसको लागि चार वटा एप्रोचलाई कार्यान्वयन गर्नु पर्ने हुन्छ (क) Behavioural Approach: आफ्नो रिकभरि टिमलाई प्रभाकारि बनाएर परिचालन गर्ने । (ख) Institutional Approach: नेक्सजेन म्यानेजमेन्ट जस्तो रिकभरि एडभाईजरि काम गर्नेको सहयोग लिने (ग) Financial Approach: कर्जा र सुरक्षण बिक्रि वा लिलामी कार्यवाहि गरि कर्जा असुल गर्ने (घ) Legal Approach: बाकि कर्जा रकम असुलिको लागि कर्जा असुलि न्यायाधिकरण वा अदालति कार्यवाहि चलाउने । यी सबै प्रयासबाट निष्कृय कर्जा कम गर्न गराउन पक्कै पनि सहयोग मिल्छ ।