Logo

१५ बैशाख, काठमाडौँ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि लगातार वर्षा भइरहेको छ। देशभर प्रिमनसुन सक्रिय भएपछि आज दिनभरजसो धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँमा तथा अन्य भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असरले गर्दा प्रिमनसुन प्रणाली फेरि सक्रिय भएको मौसमविद्हरूले बताएका छन्। यो प्रभाव भोलिसम्म जारी रहने र विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले बर्खाको सुरुआतभन्दा अगाडिको यो प्रिमनसुन सक्रियताले खेतीपातीका लागि फाइदाजनक हुने जनाएका छन्। साथै, सम्भावित चट्याङ र हावाहुरीबाट सतर्क रहन पनि आग्रह गरिएको छ।


सम्बन्धित समाचार