Logo

१४ जेठ, वीरगञ्ज । प्रधानाध्यापक संघ नेपाल (PAN) पर्साको दोस्रो जिल्ला सभाले विनोद मेहताको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ । मंगलबार वीरगञ्जको त्रिजुध माध्यमिक विद्यालयमा सम्पन्न जिल्ला सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा मनोज कुमार श्रीवास्तव, सचिवमा मुकलेश राउत गद्दी, सह-सचिवमा सुरज नारायण पटवारी र कोषाध्यक्षमा अनिता कुमारी साह चयन भएका छन् ।

समितिका सदस्यहरूमा रमादेश प्रसाद चौहान, बिन्दु भुषण साह, अकबर हवारी, निमा जैसवाल, नसिमा प्रवीण, सविर अहमद, रामनारायण मिश्र, सुनिल कुमार चौरसिया, लक्ष्मी कान्त साह, शेषनाथ प्रसाद साह, राज किशोर साह र चन्द्र मोहन चौरसिया लगायत १७ जना रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउत कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलामा PAN का मधेश प्रदेश सदस्य राज कुमार सिंह, वीरगञ्ज महानगर अध्यक्ष नवीन कुमार मिश्र लगायत पर्सा जिल्लाका विभिन्न पालिकाका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार