Logo

१५, असार काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का संरचना हटाउन निर्देशन दिएको छ।

सोमबार त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै आंगिक क्याम्पसलाई पत्र पठाएर स्ववियुका संरचना हटाउन भनेको हो। निर्देशनालयका उप(प्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा ६० दिनभित्र दलिय विद्यार्थी संगठन हटाउन भनेको छ।

यससँगै निर्देशनालयले स्ववियुको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनेको छ। पत्रमा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ।


सम्बन्धित समाचार