Logo

१५ असार, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका नेकपा (एमाले)/ का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप अनुसन्धानका लागि म्याद थप गर्न आज विशेष अदालत उपस्थित गराइएको छ ।

प्रहरीले उनलाई सोमबार अपराह्न काठमाडौँस्थित विशेष अदालतमा हाजिर गराएको हो।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै अदालतले पहिलोपटक असार ८ गतेदेखि नै लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

अदालतले दिएको उक्त पहिलो म्याद हिजो असार १४ गते सकिएपछि, अनुसन्धानको कार्य अझै बाँकी रहेको भन्दै प्रहरीले हिरासत अवधि बढाउन आज पुनः विशेष अदालतको ढोका ढकढक्याएको हो ।

अदालतबाट अनुमति पाएपछि उनीमाथिको अनुसन्धान प्रक्रियालाई अघि बढाइने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार