Logo

युरोपमा अत्यधिक गर्मीले ८ दिनमा १३ सय जनाको मृत्यु विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठ (डब्ल्यूएचओ) का प्रमुखले अत्यधिक गर्मीका अझै सयौँको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। आइतबार महादेशभरि फेरि तापक्रमका धेरैवटा रेकर्ड तोडिएका छन्। जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा पनि तापक्रमका नयाँ रेकर्ड दर्ता भएका छन्। यो तीव्र गर्मीको लहर पूर्वी युरोपतिर फैलिँदै छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले एक्समा ‘जुन २१ देखि युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १,३०० भन्दा बढी थप मृत्यु रेकर्ड गरिएको छ।’ लेख्नुभएको छ । युरोप पृथ्वीमा सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश भएकाले जहाँ तापक्रम औसतभन्दा दोब्बरले बढिरहेको टेड्रोस बताउनु भएको छ ।

आइतबार बिहान मात्र फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि देशमा अनुमान गरिएभन्दा झन्डै १,००० बढी मृत्यु रेकर्ड गरिएको बताएको छ। जसमा धेरैजसो ६५ वर्ष र सोभन्दा माथिका व्यक्ति थिए। घरमै हुने मृत्युको संख्या ४० प्रतिशतले बढेको छ।

 


सम्बन्धित समाचार