१५ असार, काठमाडौँ । भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर भण्डारीलाई विभागमा फिर्ता बोलाइउको जानकारी दिएका छन् । उनलाई गत वर्षको साउनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विभागको महानिर्देशक बनाएका थिए ।
त्यसअघि उनी मन्त्रालयमै योजना महाशाखा प्रमुख समेत थिए ।अहिले भन्सार विभागमा उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ ।
बीवाईडी प्रकरणमा बजेटअघि रसुवागढी नाकाबाट भन्सार जाँचपास भएको विषयमा मन्त्रालय र मातहतको निकायलाई गलत सूचना प्रवाह गरेर गुमराहमा राखेको आरोप भण्डारी माथि रहेको छ ।

















