Logo

१६ जेठ, काठमाडौं । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको सडक मार्ग कान्ति लोकपथ सुचारु भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि बिहीबार रातिदेखि अवरुद्ध सडक सुचारु भएको हो । उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।
यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ¥याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको पहिरो खसेको थियो । बागमतीको बाढीले बिहीबार एउटा तेल ट्यांकर र एउटा ट्रकसमेत बगाएको थियो ।


सम्बन्धित समाचार