Logo

१६ वैशाख, काठमाडौं । राजावादी दल र समूहले दोस्रो दिन पनि सडकमा प्रदर्शन गरेका छन् ।

राजा र हिन्दुराज्य माग्दै जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन थालेका राजावादी दल र समूहले दोस्रो दिन पनि सडकमा छाता ओढेर प्रदर्शन गरेका हुन् । पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघरमण्डलेदेखि नयाँ बानेश्वरसम्म राजा माग्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित रहेका छन् । राजावादीहरू छाता ओढेर सडकमा निस्किएका छन् । उनीहरूले छातालाई राजमुकुटकै प्रतीक मानेर प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनका कारण काठमाडौंका केही क्षेत्रमा सडक यातायात समेत अवरुद्ध भएको छ ।

 


सम्बन्धित समाचार