Logo

१६ जेठ, काठमाडौं । नेपालमा यसपालिको मनसुन भित्रिएको छ ।

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गर्दै गए रातिबाटै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरी कोशी प्रदेशको अधिकांश क्षेत्रमा विस्तार भएको जनाएको छ ।

यसकै प्रभावले कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको विभागले जनाएको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ अर्थात् जेठ ३० गते हो । सरदरभन्दा १५ दिन अघि नै मनसुन भित्रिएको विभागको भनाइ छ ।

नेपालका अन्य भू–भागमा मनसुन विस्तार हुन केही समय लाग्नेछ । नेपालमा सन् १९६८ देखि वर्षा मापन गर्न थालिएको थियो । त्यसयता छिटो मनसुन भित्रिएको अहिले हो । यसअघि ३१ मे १९९६ मा छिटो मनसुन भित्रिएको थियो ।


सम्बन्धित समाचार