Logo

१८ जेठ, वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य बढाएको हो। यो नयाँ मूल्य लागू भईसकेको छ।

निगमले देशभरिका विभिन्न क्षेत्रहरूलाई वर्गीकरण गरी नयाँ मूल्य तोकेको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलवारी र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर १४० रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५८ रुपैयाँ रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको छ।

तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।

यद्यपि, हवाई इन्धनको मूल्य भने घटाइएको छ। आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य ३ रुपैयाँ प्रति लिटर र अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ।


सम्बन्धित समाचार