Logo

१८ जेठ, काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले शनिबार बेलहीया नाकाबाट उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

सीआईबीले भने नेपाल–भारत सिमानाबाट पक्राउ गरेको जनाएको भए पनि एक स्रोतका अनुसार उनलाई भारतीय भूमिबाट पक्राउ गरिएको बताइएको छ। हाल राजेन्द्रवीर रायलाई म्याद थपका लागि बाँके लगिँदै छ।

राजेन्द्रवीर रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान अघि बढेपछि उनी फरार भएका थिए । बैंकको आन्तरिक छानबिनमा पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत यस घटनामा संलग्न रहेको खुलेको छ।

हाल कर्णाली विकास बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ र अनुसन्धान प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ ।

प्रहरी र सम्बन्धित निकायले यस विषयमा थप छानबिन गरिरहेको छ ।


सम्बन्धित समाचार