
१८ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट विगत ५ वर्षदेखि पीडित उनको आइतबार दिउँसो हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत र संगीतकार संघले जनाएको छ।
उनको पार्थिव शरीरलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ। बेलायतमा रहेकी उनकी एक मात्र छोरी फर्किएपछि दाहसंस्कार गरिनेछ।
गणेश रसिकस् एक बहुआयामिक व्यक्तित्व
लगभग पाँच दशकअघि “लेकाली” समूहबाट गायनमा उदाएका रसिक नेपाली गीत(संगीत क्षेत्रका एक बहुआयामिक व्यक्तित्व थिए। उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति र गम्भीर अर्थ पाइन्छ।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी संग्रहहरू प्रकाशित गरेका छन्। वि।सं। २००४ साल असोज ४ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको नौलागाउँमा बुबा नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट उनको जन्म भएको थियो। उनले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए।
व्यावसायिक यात्रा
सामान्य कर्मचारीको जागिरबाट व्यावसायिक जीवन सुरु गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ वर्षसम्म विविध जिम्मेवारी निर्वाह गरे। उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक २०३८–२०४००, सांस्कृतिक संस्थानको महाप्रबन्धक २०४०–०४६, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक २०५२–२०५५, र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव ९२०७२–२०७५० जस्ता प्राज्ञिक संस्थाहरूको उच्च ओहोदामा रहेर जिम्मेवारी सम्हालेका थिए।