Logo

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीका विभिन्न माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। इन्जिनियर पन्थ पूर्वाधार निर्माण तथा यातायात महाशाखामा कार्यरत छन्।

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसहित विभिन्न मन्त्रालयका कर्मचारी र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलमा वार्ता समिति गठन गर्ने सहमति जुटेको थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएअनुसार, वार्ता समितिमा सरकारको तर्फबाट ७ जना र यातायात व्यवसायीको तर्फबाट चार जना सदस्य रहने सहमति भएको छ।

यद्यपि, वार्ताका लागि समिति गठन भए पनि यातायात व्यवसायीहरूले आफ्नो आन्दोलनलाई जारी राख्ने भएका छन्। सार्वजनिक यातायात आन्दोलन परिचालन समितिका संयोजक सरोज सिटौलाले अनलाइनखबरलाई जानकारी दिँदै आन्दोलनका कार्यक्रमहरू यथावत् रहने बताए।


सम्बन्धित समाचार