Logo

उपकार सेवा नेपालद्वारा ठोरीको भगवाननगर वृद्धाश्रमलाई मासिक सहयोग

१९ जेठ, वीरगञ्ज। आफ्नो नियमित परोपकारी कार्यलाई निरन्तरता दिँदै उपकार सेवा नेपालले जेठ महिनामा पनि वृद्धवृद्धा आश्रमलाई सहयोगक हस्तान्तरण गरेको छ । ठोरी गाउँपालिका वडा नं.–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाहरूका लागि दैनिक उपभोग्य सामग्रीहरू सोमबार उपलब्ध गराएको हो।

संस्थाले ३० किलोको १ बोरा चामल, १० किलो भटमास, १ बोरा चिउरा, नुन, सर्फ, साबुन र ५ लिटर फिनाइल लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
आश्रम परिसरमा आयोजित एक कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले ती सामग्रीहरू आश्रमका सदस्य राम बहादुर थिङलाई हस्तान्तरण गरेका थिए ।

उपकार सेवा नेपालले विगत लामो समयदेखि हरेक महिना भगवाननगर वृद्धाश्रमलाई यस प्रकारका दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ। संस्थाको यो कार्यले आश्रममा आश्रितहरूको जीवनयापनमा ठूलो सहयोग पुगेको छ।
उपकार सेवा नेपालले विभिन्न शैक्षिक, आर्थिक, भौतिक सामग्री तथा मानवीय सहायताहरु गर्दै आएको छ । उपकार सेवा नेपालको परोपकारी भावनाको अन्य संघ संस्थाहरुले पनि अनुसरण गर्न सके समाजका कमजोर आर्थिक अवस्था भएका तथा गरिब असहायहरुलाई ठूलो राहत हुनसक्छ ।


सम्बन्धित समाचार