Logo

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीले गरेको बन्दका क्रममा सडकमा हडतालमा उत्रिएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, पक्राउ पर्नेमध्ये १२ जना काठमाडौंबाट र २ जना पूर्वी नवलपरासीबाट रहेका छन्।

एसएसपी थापाले उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात बन्द गराएका हुन्। यसैबीच, सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो। तर, आइतबार साँझ नै पक्राउ परेका नेताहरू कमल थापा, दिपक सिंह लगायत रिहा भएका थिए भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बन्दमा आफूहरूको समर्थन नरहेको स्पष्ट पारेको थियो।


सम्बन्धित समाचार