Logo

१९ जेठ, बारा । बारामा एक पुरुष मृत फेला परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडा नजिकै बंकुल सराइ जाने कृषि सडकमा कलैया उपमहानगरपालिका–२४ श्रीपुरका अन्दाजी ६० वर्षीय नन्दु महरा चमार मृत अवस्थामा फेला परेका हुन्।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ र स्थानीयवासीको घुइँचो लागेको छ। प्रहरीले मृतकका आफन्तको प्रतीक्षा गरिरहेको छ। स्थानीयका अनुसार, अत्यधिक मदिरा सेवन गरेपछि सिसौंको रुखमुनि सुतेका नन्दुको सोही ठाउँमा मृत्यु भएको आशंका गरिएको छ। मृतकका नातेदार नन्दलालले नन्दु केही दिनदेखि बिरामी रहेको र आर्थिक अभावका कारण उपचारमा नगएको बताएका छन्। उनले मदिरा सेवन नछाड्दा यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार