
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यो आदेश जारी गर्दै रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई यस आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न बोलाएको छ।
अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। यद्यपि, यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन्।