Logo

Shruti Rauniyar admitted in hospital

२२ जेठ, काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

रौनियारमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ। पर्सा प्रहरीले पक्राउ गरी पठाउनका लागि पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्रेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई आवश्यक अनुसन्धानका लागि पर्सा पठाइने जानकारी दिए।


सम्बन्धित समाचार