Logo

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’लाई संसदको कार्यसूचीबाट हटाएर थप छलफल वा सहमति जुटाउनुपर्ने बताएका छन् ।

संसद सचिवालयले यो विधेयक पारित गर्ने गरी कार्यसूचीमा राखेपछि शर्माले असन्तुष्टि व्यक्त गरेका हुन्। शर्माले पर्याप्त गृहकार्यबिना नै विधेयक सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेको भन्दै आपत्ति जनाएका छन्।

विधेयकको विषयवस्तु र कांग्रेसको संशोधन

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने प्रस्ताव गर्ने कार्यसूची छ। यस विधेयकमा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनीहरूको मुख्य माग हदबन्दीभन्दा बढीको जग्गा पतञ्जली योगपीठ र गिरीबन्धु टी इस्टेटजस्ता स्थानमा दुरुपयोग भएकोले त्यस्तो हुन नदिने कानुनी व्यवस्था हुनुपर्छ भन्ने हो।

उनीहरूले विधेयकमा ‘घरजग्गा व्यवसायको हदबन्दी छुटसम्बन्धी विशेष व्यवस्था’ शीर्षक थप्नुपर्ने संशोधन प्रस्ताव राखेका छन्। उनीहरूको संशोधन प्रस्तावमा भनिएको छ कि, यदि कुनै जग्गा कृषि फार्म, चिया उद्योग, शिक्षण संस्था वा स्वास्थ्य संस्थाजस्ता प्रयोजनका लागि हदबन्दी छुटमा लिएको भए पनि त्यसलाई पछि खाली राखेमा, फरक प्रयोजनमा प्रयोग गरेमा, वा घरजग्गा व्यवसायका लागि कम्पनी खडा गरी प्रयोग गरेमा त्यस्तो जग्गामा घरजग्गा व्यवसाय गर्न वा घडेरी वा अपार्टमेन्ट निर्माण गरी बेचबिखन गर्न पाइने छैन।


सम्बन्धित समाचार