Logo

२५ असार, काठमाडौं । रसुवामा आएको बाढीका कारण अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, विपद्मा परेका १३६ जनालाई हेलिकप्टरको ३४ वटा उडानमार्फत उद्धार गरिएको छ। अधिकांश विदेशीहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले टिमुरे क्षेत्रबाट काठमाडौँको निजी हेलिकप्टर सेवासँग समन्वय गरेर उद्धार गर्‍यौँ,’ प्रजिअ पौडेलले भने।

उनका अनुसार आज बिहानैदेखि तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीले फसेका करिब १५० भन्दा बढी व्यक्तिलाई समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। ‘हाम्रा सुरक्षाकर्मीले बाटो बनाउँदै, त्यसपछि उनीहरूलाई उद्धार गरी स्कर्टिङ गर्दै सुरक्षित स्थानमा लगेका छौँ’ पौडेलले जानकारी दिए।


सम्बन्धित समाचार