Logo

काठमाडौं । भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा एक १३ वर्षीया नेपाली बालिका बलात्कारको शिकार भएकी छिन् ।

डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर निस्केका बेला यो पाशविक घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, बालिकालाई स्थानीय केही व्यक्तिले फकाएर नजिकैको बगैँचामा लगेका थिए । एकान्तमा पुगेपछि छुरा देखाएर धम्क्याउँदै उनलाई बलात्कार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन, यद्यपि उनी परिवारसहित केही समयदेखि उक्त क्षेत्रमा बस्दै आएको बताइएको छ ।

घटना साँझ भएको र बालिकाले परिवारका सदस्यलाई बताएपछि यो सार्वजनिक भएको हो। पीडित परिवारका अनुसार, आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको थियो ।

प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै राति नै पीडित परिवारलाई प्रहरी थानामा लगेर उजुरी दर्ता गराएको थियो। सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। हाल यी सबै आरोपित फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार